
विभिन्न व्यक्तिगत तस्बिर पोर्न साइटहरूले दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै
गएको छ। पछिल्लो एक अध्ययनले के देखाएको छ भने नग्नताको मात्रा अलि बढी छ
भने अश्लील वेबसाइटहरूले ती तस्बिरलाई चोरेर आफ्नो साइटमा राख्ने गरेका
छन्। गार्डियन पत्रिकामा प्रकाशित एक समाचारअनुसार, इन्टरनेट वाच
फाउन्डेसनले गरेको एक अध्ययनले उक्त कुरा पुष्टि गरेको छ। सामान्यतः सोसल
नेटवर्किङ साइटहरूमा नग्न तस्बिर तथा भिडियोहरू पोस्ट गरिन्छ र त्यस्ता
तस्बिर तथा भिडियोहरू आफ्नै साथीका यौनजन्य क्रियाकलाप हुन्छन्। यस्ता
क्रियाकलापह रूमध्ये ८८ प्रतिशत तस्बिर तथा भिडियोलाई पोर्न साइटहरूले
चोरेर आफ्नो साइटमा हाल्ने गरेका छन्। चार साता लगाएर गरिएको उक्त
अध्ययनमा १२ हजार २ सय २४ वटा तस्बिर तथा भिडियोको विश्लेषण गरिएको थियो।
अध्ययनले के देखायो भने, ती सबै तस्बिर तथा भिडियोहरू मूल वेबसाइटबाट
चोरेर त्यहाँ राखिएका थिए। पोर्न साइटहरूले सामान्य व्यक्तिहरूको भिडियो
तथा तस्बिरलाई महत्वका साथ राख्छन् भन्ने तथ्य पनि यही अध्ययनले खुलासा
गरेको छ।
No comments:
Post a Comment