साप्ताहिकमै पटक-पटक आफ्नो प्रेम भएको र चाँडै विवाहको खबर सुनाउने दाबा गर्दै आएका हमालले २०६९ सालसम्ममा विवाह गर्ने बताएका थिए। यो वर्ष सकिन लाग्दा पनि प्रेमिका सार्वजनिक नभएपछि साप्ताहिकलाई पनि उनकी प्रेमिका नै नभएको शंका लाग्न थाल्यो। हमाललाई पटक-पटक प्रेमिका सार्वजनिक गर्न आग्रह गर्दा उनी भन्थे, 'म पो सेलिब्रेटी हुँ र बाहिर आउनुपर्ने बाध्यता छ, उनी चाहन्नन्, म के गरूँ?' अरूले दिएको समाचारमा सधैं शंका गर्नु भन्ने पत्रकारको बानीअनुसार केही समयदेखि साप्ताहिकले राजेश हमालको प्रेमिका छन् कि छैनन् भन्ने विषयमा विभिन्न रूपले परीक्षण गर्यो। केही प्रश्न पठाएर त्यसको उत्तर लिने प्रयास भयो। हमाल पनि के कम ? अति भएपछि उनले आफ्नी प्रेमिकालाई प्रकट हुन राजी गराएरै छाडे।
भ्यालेन्टाइन डेको दिनदेखि लगातार प्रयास गरेपछि दरबारमार्गस्थित एउटा रेस्टुराँमा महानायक राजेश हमालकी प्रेमिकासँग अनौपचारिक भे टघाट र कुराकानी भयो। हमालले जसलाई प्रेमिका भनी परिचय गराए, उनी आमपाठकले कल्पना गरेभन्दा फरक थिइन्। ५० पुगेका राजेश हमालको छेउमा करिब आधा उमेरझैं लाग्ने उनकी प्रेमिका अकस्मात् भेटिँदा अप्ठयारो महसुस गरिरहेकी थिइन्। हँसिलो मुद्राकी राजेश हमालकी भ्यालेन्टाइन सकेसम्म कम तर चुस्त भाषा प्रयोग गरिरहेकी थिइन्। धेरै प्रश्न सोधेपछि बल्ल उनको बोलीबाट थोरै शब्द चुहिन्थ्यो। यस्तो लाग्थ्यो, उनी बाध्यताका कारण मात्र बोलिरहेकी छिन्।
उनको अप्ठयारो महसुस गर्दै सकेसम्म सावधानीका साथ साप्ताहिकले कुरा सुरु गर्यो। कुराकानीकै क्रममा उनी भन्दै थिइन्, 'प्लिज तस्बिरचाहिँ नखिच्नुहोला।
No comments:
Post a Comment