जनवरीको पहिलो आकर्षण मेलबर्नमा हुने अस्ट्रेलियन ओपन हुनेछ। अस्ट्रेलियामै जनवरीको पहिलो साता टेनिसको प्रतिष्ठित प्रतियोगिता हो पम्यानकप हुनेछ। श्रीलंकाली क्रिकेट टिम पनि अहिले अस्ट्रेलियामा छ र उसले टेस्ट शृङ्खलाको समाप्तिमा वान डे तथा ट्वान्टी-२० का खेल खेल्नेछ।
जनवरीको अन्यदेखि फेबु्रअरीको मध्यसम्म भारतको मुम्बईले महिलाको विश्वकप आयोजना गर्नेछ। जनवरीमा अन्तर्राष्ट्रिय फुटबलको एउटा ठूलो प्रतियोगिता हुनेछ, अफ्रिकीकप अफ नेसन्सका रूपमा। अफ्रिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता दक्षिण अफ्रिकाले आयो जना गर्दैछ।
फेब्रवरीमा वेस्ट इन्डिज अस्ट्रेलियाको भ्रमणमा निस्कनेछ भने इङ्ल्यान्ड न्युजिल्यान्डको भ्रमणमा। फ्रेब्रवरी र मार्चमा विश्वकपका छनोट खे लहरू सुरु हुनेछन् र यसको रोमाञ्चकताले मिडिया छाउने तय छ। विश्वकप जित्नु जति कठिन छ, उत्तिकै कठिन यसको अन्तिम चरणमा छनोट हुन पनि मानिन्छ।
ब्राजिलले अर्को वर्ष विश्वकप फुटबलको आयोजना गर्दैछ। छनोटको सबैभन्दा ठूलो आकर्षण स्पेनी टिम हुने छ। फेब्रुअरीमै अस्ट्रेलियाली क्रिकेट टिम भारत भ्रमणमा आउनेछ। अप्रिलको पहिलो साता नयाँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुनेछ र मईको अन्तिम सातासम्म जारी रहनेछ।
मई महिनामा युरोपेली च्याम्पियन्स लिग तथा युरोपा लिगको फाइनल पनि हुनेछन्। जूनमा विश्वकप छनोटका थप खेलहरू आयोजित गर्ने कार्यक्रम तय छ। जून महिनामा फुटबलको अर्को छनोट पनि सुरु हुनेछ र त्यो एसियाकपको हुनेछ। अगस्टमा रूसको मस्कोले वल्र्ड च्याम्पियनसिपको आयोजना गर्नेछ। छनोटका खेल नियमित अन्तरमा सेप्टेम्बरसम्म
लगातार हुनेछन्।
सन् २०१३ को सर्वाधिक ठूलो आकर्षण एसेज शृङ्खलामा हुनेछ। क्रिकेटका प्रशंसकहरू लामो समयदेखि यसको प्रतीक्षामा थिए। इङ्ल्यान्डले नोभेम्बरको तेस्रो साता ब्रिसवेनमा पहिलो टेस्ट खेल्नेछ, पारपम्परिक प्रतिद्वन्द्वी अस्ट्रेलियासँग। पाँच टेस्टको उक्त शृङ्खलाको चौथो टेस्ट डिसे म्बरको अन्तिम साता हुनेछ।
No comments:
Post a Comment