समानित हुन लागेका फिल्मकर्मीहरू भोली शुक्रबार थाईल्याण्ड प्रस्थान गर्दैछन् । उनीहरू सोही स्थानमा १३ तारिखका हुने साँस्कृतिक कार्यक्रममा पनि सहभागी हुने बताईएको छ । यस्तै जनवरी १५ तारिखका दिन थाईल्याण्डमा नै फिल्म वरदानको च्यारिटी हुँदैछ । उक्त च्यारिटीमा निर्माताद्धय मञ्जिल र कविताको साथमा राजेश हमाल पनि उपस्थित हुने बताईएको छ ।
फिल्मीखबरसँग कुरा गर्दै निर्माता मञ्जिल श्रेष्ठले भने, 'युकेमा रिलिज भएसँगै बिदेशका थुप्रै स्थानबाट फिल्म प्रदर्शनका लागि प्रस्ताव आएको छ ।' उनले माघ महिनामा बिश्वका करिब एक दर्जन मुलुकमा एकसाथ वरदान रिलिज गर्ने तयारी गरेको समेत जानकारी गराए । फाल्गुन २५ गतेका लागि नेपाल रिलिज मिती तय गरिएको फिल्म 'वरदान'मा राजेश हमाल, करिष्मा मानन्धर, मुकेश ढकाल र रेजिना उप्रेतीको मुख्य भुमिका रहेको छ ।
No comments:
Post a Comment