Friday, January 25, 2013

"कुख्यात" सेलिब्रेटी


टि्वटरमा उनका करिब १ लाख फलोअर देख्नेहरूलाई उनी निकै प्रख्यात सेलिब्रेटी लाग्छन्। नलागून् पनि किन ? हजारौंले  उनको स्टाटसलाई रिप्लाई गरेका छन्। उनले सञ्चालन गरेको बेवसाइट कुनै दिन दैनिक ३ लाखभन्दा बढीले हेर्थे। उनको  आम्दानी महिनामै २० हजार डलरभन्दा बढी हुन्थ्यो।

यी सब थाहा हुनेलाई त उनी अझ प्रख्यात लाग्लान्, तर उनी प्रख्यातिका कारण नभै कुख्यातिका कारण चर्चित छन्। इन्टरने टमा उनी हन्टर मोरको नामले चिनिन्छन्। यीनको नाम सुन्नेबित्तिकै हजारौंको नाकको पोरा घृणाले फुल्छ। धेरै युवती रिसले  क्रुद्ध हुन्छन्। उनले कामै त्यस्तो गरेका छन्। यिनी इन्टरनेट सञ्जालभर कुख्यात पात्रका रूपमा चिनिन्छन्। सोच्नुस् त, तपाईंको नांगो तस्बिर कसैले इन्टरनेटमा राखेर सामाजिक सञ्जालमार्फत् विश्वभर फैलाइदियो र ठट्टाको पात्र बनाइदियो भने के  होला ? त्यस्तो मान्छेलाई तपाईं कति घृणा गर्नुहुन्छ ?



हन्टर मोरले त्यस्तै गरेका छन्। एक जनाको मात्र होइन्, सन् २०१० देखि २०१२ सम्म सञ्चालनमा आएको इजएनिवनअप  नामक उनको स्वामित्वमा रहेको वेबसाइटले दुई वर्षमा कत्तिको नांगो तस्बिर सार्वजनिक गरेर बेइज्जत गराइदियो, त्यसको  कुनै हिसाबकिताब छैन। मोरले चलाइएको वेवसाइट 'रिभेन्ज पोर्न' नामले पनि कुख्यात छ। आफूलाई रिस उठेको मान्छेको  नांगो वा कुनै गोप्य तस्बिर उनको वेबसाइटमा राखिदिए उनले त्यसलाई विश्वभर फैलाइदिन्थे। त्यत्तिले मात्र कहाँ पुग्थ्यो र ?  उक्त तस्बिर सम्बन्धित व्यक्तिको फेसबुक र ट्वीटरको प्रोफाइलमा राखेर उसका आफन्त र नजिकका साथीभाइबीच पनि बे इज्जत गराइदिन्थे।

सारा मान्छेको हुर्मत लिएर आनन्द मान्ने यी हन्टर मोर कहिल्यै कसैसँग डराएनन्। न अमेरिकी प्रहरीले उनलाई छुन सकेको  छ। उनी त अरुले गर्न नसक्ने काम गरेको भन्दै मख्ख छन्। कतिपय महिला र पुरुषले आफ्नो तस्बिर वेबसाइटबाट हटाइदिन  उनलाई लाखौं डलरको प्रलोभन देखाए। कतिले उनलाई धम्क्याए, तर उनी कत्ति पनि डगमगाएनन्। बरु, झन् उत्साहित भए।  अरुको दुःखको क्रन्दन सुनेर आनन्द मानिरहे। कसैले बदला लिन वेबसाइटमा राखिदिएको अश्लील तस्बिरले कसको जीवनमा  कति ठूलो बर्बादी ल्यायो उनले हेक्का राखेनन्। बरु, आफ्नो कमाई र कुख्यातिको मातले पुलपुलिए।

उनको वेबसाइटमा विशेषतः युवायुवतीले आफ्ना पूर्व प्रेमीप्रेमिकाको नांगो र गोप्य तस्बिर राखिदिएका थिए। तीनमा युवतीकै  तस्बिर बढी थिए। मायाले पग्लिएको बेलामा प्रायः मोबाइलबाट खिचिएका गोप्य तस्बिरहरूले धेरैको वैवाहिक जीवन तथा नयाँ  प्रेममा आँधी ल्याइदिएको थियो। मानिसहरू उनको वेबसाइटलाई जति घृणा गर्थे र रिस पोख्थे उनको वेबसाइट त्यति बढी  लोकप्रिय हुन्थ्यो। उनको कमाइ अझ बढ्थ्यो।

आफ्नो गोप्य तस्बिर हटाइदिन जसले उनलाई अनुरोध पत्र लेख्थे उसलाई हाँसोको पात्र बनाएर सार्वजनिक गरिन्थ्यो। त्यस्ता  अनुरोध पठाउनेलाई मजाक बनाउन उनको वेबसाइटमा छुट्टै ठाउँ थियो-डेली हेट। त्यसैले कमैले मात्र अनुरोधको चेष्टा गर्थे।  जतिले गर्थे ती हाँसोको पात्र बन्थे। उनीहरूको झन् बढी बदनामी गराइन्थ्यो। सर्वसाधारणले मात्र होइन, धेरै सेलिब्रेटीले पनि  उनको हर्कतका कारण बेइज्जति भोग्नुपर्‍यो। फ्लोरिडाको चर्चित ब्यान्ड अ डे टु रिमेम्बरका सदस्य जोसहुवा उडाईको गोप्य  तस्बिर इन्टरनेटमा राखिदिएका कारण ब्यान्डका सदस्यहरू मोरसँग निकै क्रुद्ध भए। त्यसैले, एक सहरमा आयोजित कन्सर्टमा  मोर उपस्थित हुने कुरा थाहा पाएपछि ब्यान्डले आफ्नो प्रस्तुति नै रद्द गर्ने धम्की दियो र उनलाई उक्त स्थानबाट बाहिर  निकाल्न लगायो।

गत अप्रिल १९ मा बन्द भएको वेबसाइटका कारण मोरले हन्डर बेहोर्नु नपरेको होइन्। अमेरिकी गुप्तचर संस्था एफबीआईकै  एक अधिकारीकी छोरीको नांगो तस्बिर सार्वजनिक गरिएपछि उनीविरुद्ध अनुसन्धान सुरु भएको छ। उनी आफू बच्ने बठ्याइँ  गरेको छु भन्दै छाती फुलाउँदै हिँडेका छन्। मोरको वेबसाइट अरूले राखेकै तस्बिरले भरिएको थियो। आफूलाई रिस उठेको  मान्छेको गोप्य तस्बिर राख्न पाइने सुविधाका कारण धेरैले त्यसमा रिस उठेको मान्छेको नांगो तस्बिर राखिदिएका थिए। त्यसैले  उनी मेरो वेबसाइटमा मैले होइन, अरुले नै तस्बिर राखेका हुन् भन्दै आफू बच्ने कुतर्क गर्दै आएका छन्। उनको तर्कले  कतिदिन धान्छ हेर्न बाँकी नै छ।

बन्द हुनु एक वर्षअघि नै फेसबुकसँग उनको युद्ध सुरु भएको थियो। आफ्नो सञ्जाल प्रयोग गरेर मोरले अरुको अश्लील  तस्बिर ट्याग गरेको थाहा पाएर फेसबुले उनीविरुद्ध कानुनी लडाइँ लड्ने धम्की मात्र दिएन, उनको लाइक पेजसमेत  हटाइदियो। फेसबुकले अश्लिलता सहँदैन। त्यसैको सिकार भएका मोरले टि्वटरबाट भने सुविधा पाएका छन्। टि्वटरले  बालबालिकाबाहेक अरूको नांगो तस्बिर सेयर गरे केही फरक नपर्ने बताएपछि उनले धेरै टाउको दुखाउनुपरेको छैन। आफ्नो  नांगो तस्बिर साइटमा राखिएपछि झिक्न अनुरोध गर्ने एक महिलालाई उनले फर्काएको जवाफ जिब्रो टोक्ने खालको छ।  तस्बिर हटाइदिनुपर्‍यो भन्दै गुहार माग्न आएकी ती महिलालाई उनले भनेछन्- 'तिम्रो टाउकोमा कसैले बन्दुक राखेर नांगो  तस्बिर खिच्न लगाएको हो र ? किन खिचेको त ?'

बुल्लीभिल्ली भनिने वेबसाइटलाई मोरले आफ्नो स्वामित्वको वेबसाइट बिक्री गरेपछि धेरैले राहतको सास फेरेका थिए।  इन्टरनेट बुलिङविरोधी बुल्लीभिल्लीलाई बिक्री पछि उनले खुलापत्रमार्फत् बालबालिकाले अश्लील तस्बिर राख्न थालेकाले  आफ्नो वेबसाइट बन्द गर्नुपरेको बताएका छन्। हाल उनको वेबसाइट सर्च गर्नेहरू सोझैं बुल्लीभिल्लीमा पुग्छन् जहाँ उनको  पत्र देख्न पाइन्छ।

आफूलाई नियमित अश्लिल तस्बिर पठाउने महिलाबाट प्रेरित भएर सुरु भएको उनको व्यक्तिगत ब्लग तहल्का मच्चाउने  इजएनिवनअप वेबसाइटमा परिवर्तन भएको थियो। उनले आफ्नो उक्त कुख्यात वेबसाइट कतिमा बेचे, कसैलाई थाहा छैन।  मोरले भनेका छन्-सस्तोमा बेचेको छु।

पछिल्लो समय उनी फेरि चर्चामा छन्। उनी फेरि नयाँ वेबसाइट खोल्ने तयारीमा जुटेपछि धेरैको मुटु चस्किएको छ। उनको  वेबसाइटबाट बेइज्जति खेपेर पीडित बनेका मनहरू फेरि चिरिएझैं भएको छ। अझ उनले आफ्नो नयाँ वेबसाइटमा घरको  ठेगाना र गुगल म्यापसहितको नांगो तस्बिर राख्ने भन्दै अन्तर्वार्ता दिएपछि पश्चिमी देशहरूमा हन्टरफोयिबा लागेझैं भएको  छ।

उनको यो योजनाले प्रेममा आत्मियता देखाउन गोप्य तस्बिर साटासाट गर्ने धेरैको मनमा ढ्यांग्रो ठोकेको छ। अझ ब्रेकअप  भएकाहरू त आफ्नो पालो पो आएको हो कि भन्ने शंकाले ग्रस्त हुन थालेका छन्। किनभने पूर्व प्रेमीप्रेमिकासँग बदला लिन  खोज्ने मान्छे संसारमा धेरै छन्।

यद्यपि संसारभरि हन्टर मोरको मात्र जगजगी रहनेवाला कहाँ छ र ? कम्प्युटर ह्याकरहरूको एउटा समूह दिनरात नभनी हात  धोएर उनको पछाडि लागेको छ। जसरी पनि हन्टर मोरको हर्कत बन्द गराउने र उनलाई कानुनी दायरामा ल्याउने भन्दै  समूहका सदस्यहरू सक्रिय छन्। समूहको नाम राखिएको छ-एनोनिम्स। यो समूहले हन्टरले नयाँ बनाउन लागेको साइट ह्याक  गरेर महत्वपूर्ण जानकारी पत्ता लगाएको दाबी गरेको छ। हन्टरको हरेक गल्तीको पछाडि उनीहरू झुम्मिएका छन्।

यद्यपि हन्टरले त्यसमा खासै ध्यान दिएका छैनन्, बरु नयाँ वेबसाइट बनाउन आफू भिडियो आदि सामग्री बनाउन व्यस्त  भएको बताएका छन्। संसारलाई जिल्ल पार्ने गरी पहिलेको भन्दा खतरनाक नयाँ वेबसाइट सुरु गर्ने उनको दाबी छ। त्यसका  लागि डेढलाख डलर खर्च भैसकेको हन्टरले बताएका छन्। हेरौं, एण्डरसन वास्तविक नाम भएका यी हन्टर मोरको कुख्यातिको  क्रम कति दिनसम्म चल्नेछ

नारीलाई हिंसा होइन, माया गरौं


हालैका महिना नेपाल र भारत दुवै छिमेकी देशलाई महिलाविरुद्धका कुरु हिंसाले  गाँजेको छ । विकासको ढोका खुल्दै जाँदा समाज आधुनिक र उदार बन्दै जान्छ भन्ने हाम्रो मान्यता विपरीत समाज अझ बढी कुरु र निर्दयी बन्दै  गएको हालै नेपालभरि घटेका महिला विरुद्धका घटनाले पुष्टि गर्छन् । अझ भारतको राजधानी नयाँ दिल्लीमा गुडिरहेको बसमै एउटी शिक्षति महिलामाथि भएको बलात्कारको घटनाले पूरै भारतलाई अचम्भित मात्रै हैन सर्मनाक पनि  बनाएको छ । निर्भय नाम भएकी प्यारामेडिककी ती विद्यार्थीको उपचारको क्रममा अहिले मृत्यु भएपछि पूरै भारत र यसका छिमेकी देशका नागरिक उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै छन् । अहिले विश्वभरिबाट प्रश्न उठिरहेको छ,  भारतीय समाज कता जाँदै छ भनेर । भारतमा मात्र हैन अब हामी नेपालीले पनि सोच्न र छलफल गर्न थाल्ने बेला भएको छ कि हाम्रो नेपाली समाज कता जाँदै छ भनेर ।

महिलाविरुद्ध हिंसा बढिरहँदा त्यस्ता गतिविधिलाई प्रत्यक्ष अप्रत्यक्ष समर्थन गर्ने नेपाली समाजको सोच विचारतर्फ थोरै भए पनि विश्लेषण गर्न आवश्यक देख्छु । शिक्षा, सञ्चार तथा यातायातजस्ता विकासका आधारशिलामा व्यापक  सुधार आइसकेको अहिलेको नेपाली समाजमा पुरातन सोच भनेजस्ताको जस्तै कायम रहेको देखिन्छ । कुनै पनि कुरालाई वास्तविक नजरले हेर्ने र त्यहीअनुरूपले विश्लेषण गर्ने तरिकामा नेपाली समाज अझै धेरै पछि छ । मिथक,  कल्पना, रुढीवादी कुरा र नाटकीय कुरामा बहुमत नेपाली समाज विश्वास गर्छ । कोही मानिस आफ्नो करियरमा सफल छ भने ऊ कर्मले हैन राम्रो भाग्यले गर्दा सफल भएको भनेर विश्वास गर्दछ । जुनसुकै समुदायको व्यक्ति होस्  ऊ कर्मभन्दा धर्ममा बढी विश्वास राख्छ । वर्तमानमा के गर्न सकिन्छ भन्नेभन्दा पनि विगतमा किन त्यस्तो भएन भनेर रुइकराइ गर्ने हाम्रो नेपाली समाज छ । आफूले केही नगरे पनि अर्काले पटक्कै गरेन भनेर खुब गाली गर्नुपर्छ । र,  महिलाको बारेमा भन्दा यो वास्तविक तितो सत्य हो कि यो समाजका धेरै शिक्षति, अशिक्षति पुरुषहरू कुनै महिलाले पढेर जान्ने बुझ्ने भाको, मिठो खाको, राम्रो लुगा लगाएर हिँडेकोमा भित्रभित्रै डाहले मर्छन्, रिस गर्छन् र विभिन्न  बहानामा तिनीहरूमाथि जाई लाग्छन् । यहाँका पुरुषहरूलाई आफ्नै पत्नीले उच्च अध्ययन गरेकोमा रिस जाग्छ । आपmनै बहिनी वा छोरीले कामको सिलसिलामा वा अरू कुनै कार्यक्रममा आफ्नै साथीहरूसँग हिँड्दा यहाँका दाजु वा  आमाबाबुलाई इश्र्या हुन्छ । एकातिर छोरीहरूलाई आधुनिक शिक्षाको लागि भन्दै अंग्रेजी माध्यमका स्कुलमा पठाउने अनि शिक्षति छोरीहरूले गर्ने सुझबुझपूर्ण कामलाई उच्छृंखलता भन्दै अंकुश लगाउने हाम्रो समाज एकदमै दोधारे छ  । एउटा उदाहरण लिऔं । केही हप्ता अगाडि बर्दियामा एक १६ वर्षे युवती शिवा हासमीलाई आगो लगाई जिउँदै जलाइएको थियो । उनको शरीर धेरै नै जलिसकेको र उपचार पनि ढिला भएकोले पछि काठमाडौंमा ल्याइसकेपछि मृत्यु  भयो । यो केसमा उनको परिवारले छिमेकमा मिस्त्रीको काम गरी बस्ने बाबु खानले आगो लगाएको भनेर भने पनि अहिले प्रहरीले अनुसन्धान गर्दै जाँदा घरभित्रकै सदस्यले उनीमाथि यो वारदात गरेको पुष्टि हुँदै गरेको छ ।  वास्तविकतामा बाबु खान शिवा हासमीकी प्रेमी थिए । त्यो सम्बन्ध शिवाका परिवारलाई मन परेको थिएन । यसले नै आगो लगाएको भन्ने अन्तिम टुंगोमा नपुगिसकेको यो घटनामा जसले आगो लगाएको भए पनि आखिर परिवार  परिवारबीचको धाक र रवाफको बदला

ए उटी हुर्कदै गरेकी युवतीमाथि लिइएको छ । त्यस्तै केही दिनअघि राजधानीकै अनामनगरमा कृष्ण प्रसाईको घरमा काम गर्न बसेकी ३१ वर्षीया सरस्वती सुवेदीको रहस्यमय मृत्यु भयो । त्यस घटनामा अहिले पीडित परिवारको तर्फ बाट बिष खुवाई सरस्वतीलाई मारेको भनेर किटानी जाहेरी दिइसकेको भए पनि अझैसम्म घरमुलीलाई केही कारबाही नगरिएको भन्ने समाचार प्रकाशित भएका छन् । यस्ता अरू अनगिन्ती घटना घटाइएका छन् महिलाविरुद्ध हाल  सालैका महिनामा । यी र यस्ता घटनाको बीचमा जब साउदी अरबबाट आफ्नो देश फर्किएकी एक नेपाली चेलीलाई देशकै एकमात्र विमानस्थलको आगमन अध्यागमनमा डर, धाक धम्की देखाई पैसा लुट्ने र पछि जबरजस्ती यौन  दुव्र्यवहार गर्नेसम्मको अपराध भयो । अहिले साराका सारा नेपाली छक्क परेका छन् हाम्रो सरकारी संयन्त्रका मनिसको व्यवहार देखेर । एउटी कम पढेकी नेपाली नारी जो यही देशको नागरिक हुन् तर उनको अज्ञानताको फाइदा  लिएर जसले नक्कली राहदानी प्रयोग गरी साउदी अरबमा घरेलु कामदारको रूपमा पुर्‍याएको थियो ती नारी आफ्नो देश फर्केर यहीं केही गर्छु भनेर आउँदा तिनलाई झुक्याउने, फसाउने व्यक्तिको खोजिनितीमा लाग्नुपर्नेमा नेपालको  सुरक्षा निकायका ठूलाबडा भनाउँदाहरू उल्टै पीडक बनेर अस्मिता लुट्न आइलाग्छन् भने एकपटक सोच्नुपर्ने भएको छ नेपाली सरकारी प्रशाशन कसरी अपराधीको अड्डामा परिणत हुँदै गरेको छ भनेर । मन्त्रिमण्डल र त्यहाँ  बिराजमान राजनीतिक दलका नेताहरू कस्तो राज्यव्यवस्थाको निर्माण गर्दैछन् अब छर्लङ्ग भइसकेको छ । संविधान बनाउन असफल भएका नेताहरू राज्यसत्ता सञ्चालनमा पनि कमजोर बनिसकेको तस्बिर जनतासामु छर्लङ्गिँदै छ  । अब नयाँ निर्वाचन एकमात्र विकल्प देखिँदैछ जुन निर्वाचनबाट बन्ने नयाँ सरकारले बल्ल नयाँ शक्तिका साथ देशको प्रशासनलाई निर्देशन गर्ने बल प्राप्त गर्न सक्छ ।

बाहिर देख्दा जे जस्ता महिला हिंसाका घटना भए पनि यी प्रायः सबै घटनाको भित्री सम्बन्ध महिलाको सशक्तीकरणसँग पनि जोडिएको हुन्छ । देशमै बेरोजगारीले मानिसलाई आकुल -व्याकुल पारिराखेको स्थितिमा त्यसको असर  हाम्रोजस्तो पुरुषप्रधान समाजमा महिलाहरूमाथि अझ बढी परेको छ । खाडी राष्ट्रलगायत अरू देशमा गएर भए पनि नेपाली पुरुषहरू आफूलाई व्यस्त पार्ने र थोरैतिनो भए पनि कमाइ गर्दै छन् तर ती देशमा काम गर्न र जान पनि  पुरुषलाई जस्तो नेपाली महिलालाई सहज छैन भने धेरै सामाजिक र कानुनी बन्धन पार गरेर विदेश लाग्नुपर्ने हुन्छ । देशभित्रै पनि विविध कारणले महिलाहरू कमाइ गर्न नसक्ने वा थोरै कमाइ गर्ने कारणले उनीहरू आर्थिक रूपमा  प्रत्यक्ष, अप्रत्यक्ष पुरुषमाथि भर पर्ने कारणले पनि अबुझ पुरुषहरू महिलामाथि हेलाको व्यवहार गर्ने वा घरेलु हिंसामा संलग्न हुने गरेका छन् । महिलाले घर्ने घरभित्रको  कामलाई काम नै हैन भन्ने नेपाली पुरुषहरूको सोच छ । त्यो  एकदम गलत सोच हो । यदि पति पत्नी दुवै काम वा रोजगारमा जानुपर्ने भो भने अलग्गै व्यक्तिलाई तलब दिएर घरको काम गर्ने मानिस राख्नुपर्ने हुन्छ । तमाम जो नेपाली महिलाहरू घरको काम एकदम कुशलताका साथ गरिरहेका  छन् भने उनीहरूलाई त इज्जत गरिनुपर्छ किनकि हामी आफ्नो दिदी बहिनी, आमा वा श्रीमतीले गर्ने घरभित्रको सम्पूर्ण कामका लागि पैसा त तिर्दैनौं

नि ! हामीले उनीहरूलाई इज्जत र माया दिनुपर्ने हुन्छ । उनीहरूको कुरा सुन्नु, उनीहरूलाई अगाडि बढ्न प्रेरित गर्नु सम्पूर्ण पुरुषको कर्तव्य हो । यदि यसो हुँदै गयो भने पुरुष पनि आफ्नो परिवारमा

खुसी रहन सक्छन् । अनि अबको समय भनेको महिला आफैंले पनि आफूलाई सक्षम र सीपमूलक बनाउने समय हो । त्यसै पनि हाम्रा दिदी बहिनीहरू आजकाल आर्थिक उपार्जनका काममा पहिलेेभन्दा अग्रसर नै छन ।

पहिलो विश्व गृहपृष्ठ » » पहिलो विश्व » लेखहरु » तीन सय किलो वजन घटेपछि



एक समय थियो इंग्ल्यान्डका पल मेसनलाई ओछ्यानमा पल्टिरहनुको कुनै विकल्प थिएन। किनभने ४ सय ४४ किलोको भारी शरीरले  उनलाई हिँडडुल गर्न दिँदैनथ्यो। पललाई विश्वको सबैभन्दा मोटो व्यक्ति हुनुमा गर्व त थियो तर, त्यो गर्व कामलाग्दो थिएन। मोटोपनले तनाव  बढेपछि पलले वजन घटाउने दृढता लिए।

दृढ इच्छाशक्ति भए केही कुरा पनि असम्भव छैन भन्ने कुरा उनले पनि पुष्टि गरिदिए। पलले आफ्नो तौल मात्र घटाएनन् २ सय ८६ केजी  तौलको गरेर रेकर्ड नै बनाएका छन्। पल अब मात्र १ सय ५८ किलोका छन् र उनी आम सर्वसाधारणहरूजस्तै जीवन बिताइरहेका छन्।  उनले गहनाको कारोबारसमेत सुरु गरेका छन्।

कुनै समय पलको एक दिनको खुराक २१ हजार क्यालोरी हुन्थ्यो, जुन आमरूपमा मानिसले खाने भन्दा ११ गुणा बढी हो। पल हाल आफ्नो  आनुभव समेटेर एउटा पुस्तक तयार पार्दैछन्, जसले खानपानको गलत आदतका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिनेछ। अविश्वसनीय  रूपमा तौल घटाएपछि पल जीवनसाथीको खोजीमा समेत जुटेका छन्

o, TEMPORA ....O MORES


Don’t know which party they belong to.... They are requesting slogans for PM’s resignation.

GA JABA 6 BA


मिटरमा जाने ?... त्यस्तोले मिटरै चढ्नु नि !... किन मोटर चढ्नु पर्‍या ?

Friday, January 11, 2013

How is a star born?


A star is born when atoms of light elements are squeezed under enough pressure for their nuclei to undergo fusion. All stars are the result of a balance of forces: the force of gravity compresses atoms in interstellar gas until the fusion reactions begin. And once the fusion reactions begin, they exert an outward pressure. As long as the inward force of gravity and the outward force generated by the fusion reactions are equal, the star remains stable.
Clouds of gas are common in our galaxy and in other galaxies like ours. These clouds are called nebulae. A typical nebula is many light-years across and contains enough mass to make several thousand stars the size of our sun. The majority of the gas in nebulae consists of molecules of hydrogen and helium--but most nebulae also contain atoms of other elements, as well as some surprisingly complex organic molecules. These heavier atoms are remnants of older stars, which have exploded in an event we call a supernova. The source of the organic molecules is still a mystery.
STAR BIRTHS are started when the interstellar matter in gas clouds, such as the Eagle Nebula shown here, compresses and fuses
Image: Hubble Space Telescope
STAR BIRTHS are started when the interstellar matter in gas clouds, such as the Eagle Nebula shown here, compresses and fuses.
Irregularities in the density of the gas causes a net gravitational force that pulls the gas molecules closer together. Some astronomers think that a gravitational or magnetic disturbance causes the nebula to collapse. As the gases collect, they lose potential energy, which results in an increase in temperature.
As the collapse continues, the temperature increases. The collapsing cloud separates into many smaller clouds, each of which may eventually become a star. The core of the cloud collapses faster than the outer parts, and the cloud begins to rotate faster and faster to conserve angular momentum. When the core reaches a temperature of about 2,000 degrees Kelvin, the molecules of hydrogen gas break apart into hydrogen atoms. Eventually the core reaches a temperature of 10,000 degrees Kelvin, and it begins to look like a star when fusion reactions begin. When it has collapsed to about 30 times the size of our sun, it becomes a protostar.
When the pressure and temperature in the core become great enough to sustain nuclear fusion, the outward pressure acts against the gravitational force. At this stage the core is about the size of our sun. The remaining dust envelope surrounding the star heats up and glows brightly in the infrared part of the spectrum. At this point the visible light from the new star cannot penetrate the envelope. Eventually, radiation pressure from the star blows away the envelope and the new star begins its evolution. The properties and lifetime of the new star depend on the amount of gas that remains trapped. A star like our sun has a lifetime of about 10 billion years and is just middle-aged, with another five billion years or so left.
Margaret M. Hanson, an assistant physics professor at the University of Cincinnati, gives this response:
Stars form from the gravitational collapse of large clouds of interstellar material. In fact, the space between stars is not empty; it is nearly empty, but not entirely. Interstellar matter, that found lying between the stars, is made from gas and dust. Granted, only about 10 percent of the mass in our Milky Way galaxy is made up of interstellar matter. But this material, as tenuous as it is, exerts a gravitational force, and as a result, it will begin to pull itself together.

Thursday, January 10, 2013

खेलकुद गृहपृष्ठ » » खेलकुद » लेखहरु » खेलकुदमा वर्ष-२०१३



सन् २०१२ को खेलकुद रोमाञ्चकतासँगै पारखीहरूको ध्यान अब नयाँ वर्षतर्फ जानेछ। सन् २०१३ मा अन्तर्राष्ट्रिय खेलकुदमा के हुँदैछ ? यो  वर्ष ओलम्पिक र विश्वकप फुटबलजस्ता ठूला खेल महोत्सव हुनेछैनन्, तर उत्तिकै महत्त्वका अरू प्रतियोगिताहरूको भने कुनै कमी हुनेछैन।

जनवरीको पहिलो आकर्षण मेलबर्नमा हुने अस्ट्रेलियन ओपन हुनेछ। अस्ट्रेलियामै जनवरीको पहिलो साता टेनिसको प्रतिष्ठित प्रतियोगिता हो पम्यानकप हुनेछ। श्रीलंकाली क्रिकेट टिम पनि अहिले अस्ट्रेलियामा छ र उसले टेस्ट शृङ्खलाको समाप्तिमा वान डे तथा ट्वान्टी-२० का खेल  खेल्नेछ।

जनवरीको अन्यदेखि फेबु्रअरीको मध्यसम्म भारतको मुम्बईले महिलाको विश्वकप आयोजना गर्नेछ। जनवरीमा अन्तर्राष्ट्रिय फुटबलको एउटा  ठूलो प्रतियोगिता हुनेछ, अफ्रिकीकप अफ नेसन्सका रूपमा। अफ्रिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता दक्षिण अफ्रिकाले आयो जना गर्दैछ।

फेब्रवरीमा वेस्ट इन्डिज अस्ट्रेलियाको भ्रमणमा निस्कनेछ भने इङ्ल्यान्ड न्युजिल्यान्डको भ्रमणमा। फ्रेब्रवरी र मार्चमा विश्वकपका छनोट खे लहरू सुरु हुनेछन् र यसको रोमाञ्चकताले मिडिया छाउने तय छ। विश्वकप जित्नु जति कठिन छ, उत्तिकै कठिन यसको अन्तिम चरणमा  छनोट हुन पनि मानिन्छ।

ब्राजिलले अर्को वर्ष विश्वकप फुटबलको आयोजना गर्दैछ। छनोटको सबैभन्दा ठूलो आकर्षण स्पेनी टिम हुने छ। फेब्रुअरीमै अस्ट्रेलियाली क्रिकेट  टिम भारत भ्रमणमा आउनेछ। अप्रिलको पहिलो साता नयाँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुनेछ र मईको अन्तिम  सातासम्म जारी रहनेछ।

मई महिनामा युरोपेली च्याम्पियन्स लिग तथा युरोपा लिगको फाइनल पनि हुनेछन्। जूनमा विश्वकप छनोटका थप खेलहरू आयोजित गर्ने  कार्यक्रम तय छ। जून महिनामा फुटबलको अर्को छनोट पनि सुरु हुनेछ र त्यो एसियाकपको हुनेछ। अगस्टमा रूसको मस्कोले वल्र्ड  च्याम्पियनसिपको आयोजना गर्नेछ। छनोटका खेल नियमित अन्तरमा सेप्टेम्बरसम्म

लगातार हुनेछन्।

सन् २०१३ को सर्वाधिक ठूलो आकर्षण एसेज शृङ्खलामा हुनेछ। क्रिकेटका प्रशंसकहरू लामो समयदेखि यसको प्रतीक्षामा थिए। इङ्ल्यान्डले  नोभेम्बरको तेस्रो साता ब्रिसवेनमा पहिलो टेस्ट खेल्नेछ, पारपम्परिक प्रतिद्वन्द्वी अस्ट्रेलियासँग। पाँच टेस्टको उक्त शृङ्खलाको चौथो टेस्ट डिसे म्बरको अन्तिम साता हुनेछ।

UN no to diplomatic immunity for colonel

UN Secretary General Ban Ki-moon will not grant Nepal Army Col Kumar Lama any diplomatic immunity as a UN peacekeeper, according to a senior UN official.
Lama is currently in police custody in the UK on charges of two counts of torture committed in Kapilvastu during the decade-long Maoist insurgency. The senior Nepal Army officer, who was serving as an expert in the UN Mission in South Sudan ( UN MISS), was arrested on Thursday from St Leonard’s-on-sea near Hastings while visiting his family.
The UN decision follows the Nepal government’s efforts to secure Lama’s release, claiming that he was serving in a UN mission at the time of his arrest.
Ban waived Lama’s immunity from personal arrest and detention, partly because the alleged crimes had taken place long before he joined UN MISS. “In light of the facts of this case, the Secretary-General has determined that the Colonel does not enjoy immunity from legal process in respect to the alleged acts, which do not relate to the performance of his official functions as an expert on mission, and indeed are alleged to have taken place long before he joined UN MISS,” Spokesperson of the UN Department of Peacekeeping Operations Kieran Dwyer told the Post in an email from New York.Experts on UN mission are entitled to immunity from legal process for comments, both spoken or written, and acts committed during the course of the mission, and immunity from personal arrest or detention under the 1946 Convention on the Privileges and Immunities of the United Nations. Such immunities can be waived if the facts warrant it, according to the convention.
Meanwhile, in Kathmandu, the Ministry of Foreign Affairs held high-level discussions to prepare a strategy to secure Lama’s release. A discussion organised by Deputy Prime Minister Narayan Kaji Shrestha was attended by acting Army chief, the chief secretary, the attorney general and the secretaries of the law, foreign and defence ministries. “We are preparing a position paper to defend Lama in the British court,” said a participant at the talks. The next hearing for the case is scheduled for January 24 in the UK.

Who is Col Lama?
Col Kumar Lama, 46, is known inside the Nepal Army as an officer with a repeated history of failures in executing command responsibilities. He faced departmental action while serving as a company commander in Bajhang in 2002 and at the Gorusinghe barracks in Kapilvastu in 2005.
An Army deserter, who reportedly wished to return, was not allowed to rejoin the barracks by the force under Lama’s command in Bajhang. Subsequently, the deserter was killed by Maoist rebels on his way back home in the Far West region, for which the then Maj Lama ‘lost seniority.’
While commanding the barracks in Gorusinghe, then Lt Col Lama was accused of misplacing weapons belonging to the Shivadal Battalion. His promotion was halted for 15 months after the Kapilvastu district court in 2008 convicted him of torture.
According to NA officials, around a dozen lieutenant colonels junior to Lama were promoted as colonels after he faced action. When he left for the UK after the political change of 2006, Lama had almost given up his service in the Army.
“At the time of leaving for the UK, he had made up his mind to quit the job,” said one of Lama’s counterparts at the Army HQ. “I think he continued with the job after completing his studies because he received choice postings.” Lt Col Lama, upon his return from the UK, was made commander of the Bhairav Nath Battalion based in Nagarjun, Kathmandu, a rare appointment for someone whose command had come under question twice. He was then transferred to the disaster unit under the Director General of Military Operations at the Army Headquarters in 2011 and subsequently promoted to the rank of colonel.
Colleagues said Lama used to visit his wife Laxmi, who is working as a staff nurse in the UK for the past 14 years, on a regular basis. The family bought their Sussex house in 2004 and his wife was granted UK citizenship in 2007.
In 2008, Col Lama applied for and was given indefinite rights to remain in the UK. This status does not make him a UK citizen but an effective resident.
“Many Nepal Army officers whose wives work as staff nurses in the UK have applied and received rights to remain in the UK. Serving officers do not apply for citizenship or marry a foreign woman as they will lose their job for that,” said a general at the Army HQ.
Lama lived with his family and completed a Masters in International Relations from the University of Sussex in 2007-2009. Of his two daughters, a 21-year-old is studying at the University College London and a 17-year-old is an A-Level student in the UK.
He was recruited as a combat engineer in the 25th basics of the then Royal Nepal Army in 1986. Col Lama previously served as a UN peacekeeper in Sierra Leone in 2001 and twice in Lebanon in 1991 and 1996.

Nepal Disabled Women Association

logo - NDWA Nepal Disabled Women Association (NDWA) is a non-government organization (NGO) established in 1998 adopting the values of the fundamental rights and responsibilities provided by the constitution of Nepal. It supports Women With Disabilities (WWDs) to pursue their human rights through advocacy and a right based approach (RBA).
Nepal Disabled Women Association – NGO
Aims to build women with disabilities’ capacity, especially from remote areas and disadvantaged communities, to empower them, to build their self-esteem and confidence and to enable them to live a dignified life.
Hostel for Disabled Women – Kathmandu, Nepal
Advocates for women with disabilities’ access to their basic rights such as education, health, employment / livelihoods, rehabilitation, social security and protection.
Raises the awareness of the rights and issues of the women with disabilities across all areas of society: WWDs themselves, their families and communities and government. It includes awareness of national and international policies and acts such as “Convention of the Elimination of All Forms of Discrimination against Women” (CEDAW), “United Nations Convention on the Rights of Persons with Disabilities” (UN-CRPD).
Works WWDs with all type of disabilities: physical disability, visual disability, hearing disability, speech disability, deaf-blind disability, intellectual disability and multiple disabilities

सर्वाधिक आकर्षक पुरुष

पुरुषहरूका सन्दर्भमा कामुकताको बेग्लै परिभाषा छ। कामुकताको परिभाषामा पुरुषहरूलाई महिलाहरूजस्तो शारीरिक आकर्षणसँग जोडिएको  पाइँदैन। मानिससँग गर्ने व्यवहार, बोली वचन एवं आफ्नो क्षेत्रमा प्राप्त सफलताले पुरुषहरूको आकर्षणलाईं परिभाषित गरेको पाइन्छ। यसै  सन्दर्भमा यो वर्ष ग्ल्यामर म्यागजिनले वर्ष २०१२ मा आफ्नो कार्यक्षेत्रको सफलता र महिलाहरूलाई आफूतर्फ आकषिर्त गर्न सक्ने क्षमताका  आधारमा संसारका सर्वाधिक कामुक पुरुषको सूची जारी गरेको छ। जसमा पहिलो नम्बरमा रोबर्ट पेटिन्सन छन्।

रोबर्ट पेटिन्सन

मोडलिङ, अभिनय एवं संगीतजस्ता तीनवटा फरक विधामा नाम कमाएका रोबर्ट डग्लस थोमस पेटिन्सन ग्ल्यामर म्यागजिनले जारी गरेको  संसारका सर्वाधिक कामुक पुरुषहरूको सूचीमा पहिलो स्थानमा छन्। गत वर्ष पनि उनी पहिलो स्थानमै थिए। १३ मे १९८६ मा जन्मिएका पे न्टिसन बेलायतका नागरिक हुन्। सन् २००४ देखि मनोरन्जनको संसारमा उदाएका पेटिन्सन चलचित्र निर्माणको क्षेत्रमा पनि सक्रिय छन्। सन्  २०११ मा उनी वाटर अफ एलिफेन्ट नामक चलचित्रका कारण चर्चामा आएका हुन्।

टम हिडल्टन

कामुक पुरुषहरूको यो सूचीमा टम हिडल्टन पहिलोपटक अटाएका हुन्। उनी यो सूचीमा दोस्रो स्थानमा छन्। ९ फेब्रुअरी १९८१ मा जन्मिएका  हिडल्टन पनि बेलायती अभिनेता हुन्। रोयल एकेडेमी अफ ड्रामेटिक आर्टबाट स्नातक गरेका हिडल्टनले टेलिभिजन सो तथा चलचित्रहरूमार्फ त् मानिसहरूको मनमा आफ्नो स्थान बनाएका हुन्। ग्ल्यामर म्यागजिनले विश्वव्यापी रूपमा गरेको सर्वेक्षणअनुसार टम हिडल्टनको प्रभाव  चलचित्र र टेलिभिजन क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि उत्तिकै छ।

जोनी डेप

सूचीको तेस्रो स्थानमा हलिउडका चलचित्र अभिनेता जोनी डेप छन्। सन् १९६३ जुन ९ मा जन्मिएका जोनी डेप पाइरेट्स अफ द क्यारिबियन  सिरिजका चलचित्रका कारण चर्चामा आएका हुन्। अघिल्लो वर्ष उनी यो सूचीमा तेस्रो स्थानमै थिए। आफ्नो फरक र विशिष्ट गेटअपका  कारण ४८ वर्षीय जोनी युवा अवस्थादेखि नै सुन्दरीहरूको मनमा रहन सफल छन्।

माइकल फासबेन्डर

सूचीको चौथो स्थानमा जर्मन-आइरिस कलाकार माइकल फासबेन्डर छन्। सन् १९७७ अप्रिल २ मा जन्मिएका फासबेन्डरलाई उनका  चलचित्रहरू इन ग्लोरियस बेस्टर्ड (२००९), एक्स-म्यानः फस्र्ट क्लास (२०११) तथा प्रोमिथस (२०१२) ले कामुक पुरुषहरूको सूचीमा  उकासेको हो। गत वर्ष उनी यो सूचीको ३१ औं नम्बरमा थिए।

टेलर लुटनर

मोडलिङ र अभिनयमा नाम कमाएका टेलर डेनियल लुटनर कामुक पुरुषहरूको यो सूचीमा सातौं स्थानमा छन्। गतवर्ष उनी यो सूचीमा  दोस्रो स्थानमा थिए। ११ फेब्रुअरी १९९२ मा जन्मिएका लुटनर यस्तो स्थान प्राप्त गर्ने सबैभन्दा कान्छा सेलिब्रिटी हुन्। मोडलिङ र अभिनयका  अतिरिक्त रेडियो जक्की र भ्वाइस डबिङमा पनि उनको सक्रियता लोभलाग्दो छ। लुटनर पछिल्लो समयमा चलचित्र अब्डक्सनका कारण चर्चामा थिए।

बेनेडिक्ट कम्बरब्याच

सूचीको पाँचौं स्थानमा बेलायतका चलचित्र अभिनेता बेनेडिक्ट टिमोथी कार्लटन कम्बरब्याच छन्। सन् १९७६ जुलाइ १९ मा जन्मेका  कम्बरब्याचले यो स्थानमा दावी गर्नुअघि बीबीसी टेलिभिजन सो सेरलकमा निर्वाह गरेको सेरलक होम्स नामक जासुसको भूमिकाले तहल्का  मच्चाएको थियो। सोही भूमिकाका कारण उनको लोकप्रियता चुलिएको विश्लेषकहरूको ठहर छ।

रोबर्ट डाउनी जुनियर

सूचीको छैटौं स्थानमा अमेरिकी चलचित्र कलाकार रोबर्ट डाउनी जुनियर छन्। केही वर्षअघि यो सूचीमा लगातार स्थान बनाउँदै आएका  डाउनी पछिल्लो केही वर्षदेखि हराएका थिए। यो वर्ष उनले यो सूचीमा पुनः प्रवेश पाएका हुन्। सन् १९६५ अप्रिल ४ मा जन्मिएका डाउनी  अमेरिकामा खानदानी कलाकार मानिन्छन्। उनको सम्पूर्ण परिवार कलाक्षेत्रमै छ।

पाउल वेस्ले

कामुक पुरुषहरूको यो सूचीको आठौं स्थानमा अमेरिकी चलचित्र कलाकार पाउल वेस्ले छन्। सन् १९८२ जुलाई २३ मा जन्मेका वेस्ले मूलतः  पोल्यान्डका नागरिक हुन्। उनले यो सूचीमा प्रवेश पाउनुअघि द भ्याम्पायर डायरिज नामक टेलिभिजन सोमा अभिनय गरेका थिए। उक्त सोको  लोकप्रियताले उनी यो सूचीमा आठौं स्थानमा उक्लिएका हुन्। अघिल्लो वर्ष उनी ५९ औं स्थानमा थिए।

जेम्स एन्ड्रयु म्याक्भोय

सन् १९७९ अप्रिल २१ मा जन्मेका स्टकल्यान्डका रंगमञ्च तथा टेलिभिजन कलाकार जेम्स एन्ड्रयु म्याक्भोय कामुक पुरुषहरूको सूचीको नवौं  स्थानमा छन्। यो सूचीमा स्थान बनाउने म्याक्भोय एक्ला रंगमञ्चीय कलाकार हुन्। उनका स्टेट अफ प्ले, शेमलेस र फ्रेंक हर्बर्टस् चिल्ड्रेन  अफ ड्युनजस्ता नाटकहरू लोकप्रिय मानिन्छन्। गत वर्ष उनी यो सूचीको १४ औं स्थानमा थिए।

हेनरी काभिल

गत वर्ष कामुक पुरुषहरूको यो सूचीमा १५ औं स्थानमा रहेका बेलायती कलाकार हेनरी विलियम डेलग्लिस काभिल यो वर्ष १० औं स्थानमा  उक्लिएका छन्। सन् १९८३ मे ५ मा जन्मिएका काभिलको द काउन्ट अफ मोन्टे क्रिस्टो, स्टारडस्ट, इम्मोर्टल जस्ता चलचित्र प्रसिद्ध छन्।  आगामी वर्ष प्रदर्शनमा आउने चलचित्र सुपरम्यानका लागि उनको विश्वव्यापी प्रतिक्षा भैरहेको छ
पुरुषहरूका सन्दर्भमा कामुकताको बेग्लै परिभाषा छ। कामुकताको परिभाषामा पुरुषहरूलाई महिलाहरूजस्तो शारीरिक आकर्षणसँग जोडिएको  पाइँदैन। मानिससँग गर्ने व्यवहार, बोली वचन एवं आफ्नो क्षेत्रमा प्राप्त सफलताले पुरुषहरूको आकर्षणलाईं परिभाषित गरेको पाइन्छ। यसै  सन्दर्भमा यो वर्ष ग्ल्यामर म्यागजिनले वर्ष २०१२ मा आफ्नो कार्यक्षेत्रको सफलता र महिलाहरूलाई आफूतर्फ आकषिर्त गर्न सक्ने क्षमताका  आधारमा संसारका सर्वाधिक कामुक पुरुषको सूची जारी गरेको छ। जसमा पहिलो नम्बरमा रोबर्ट पेटिन्सन छन्।

रोबर्ट पेटिन्सन

मोडलिङ, अभिनय एवं संगीतजस्ता तीनवटा फरक विधामा नाम कमाएका रोबर्ट डग्लस थोमस पेटिन्सन ग्ल्यामर म्यागजिनले जारी गरेको  संसारका सर्वाधिक कामुक पुरुषहरूको सूचीमा पहिलो स्थानमा छन्। गत वर्ष पनि उनी पहिलो स्थानमै थिए। १३ मे १९८६ मा जन्मिएका पे न्टिसन बेलायतका नागरिक हुन्। सन् २००४ देखि मनोरन्जनको संसारमा उदाएका पेटिन्सन चलचित्र निर्माणको क्षेत्रमा पनि सक्रिय छन्। सन्  २०११ मा उनी वाटर अफ एलिफेन्ट नामक चलचित्रका कारण चर्चामा आएका हुन्।

टम हिडल्टन

कामुक पुरुषहरूको यो सूचीमा टम हिडल्टन पहिलोपटक अटाएका हुन्। उनी यो सूचीमा दोस्रो स्थानमा छन्। ९ फेब्रुअरी १९८१ मा जन्मिएका  हिडल्टन पनि बेलायती अभिनेता हुन्। रोयल एकेडेमी अफ ड्रामेटिक आर्टबाट स्नातक गरेका हिडल्टनले टेलिभिजन सो तथा चलचित्रहरूमार्फ त् मानिसहरूको मनमा आफ्नो स्थान बनाएका हुन्। ग्ल्यामर म्यागजिनले विश्वव्यापी रूपमा गरेको सर्वेक्षणअनुसार टम हिडल्टनको प्रभाव  चलचित्र र टेलिभिजन क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि उत्तिकै छ।

जोनी डेप

सूचीको तेस्रो स्थानमा हलिउडका चलचित्र अभिनेता जोनी डेप छन्। सन् १९६३ जुन ९ मा जन्मिएका जोनी डेप पाइरेट्स अफ द क्यारिबियन  सिरिजका चलचित्रका कारण चर्चामा आएका हुन्। अघिल्लो वर्ष उनी यो सूचीमा तेस्रो स्थानमै थिए। आफ्नो फरक र विशिष्ट गेटअपका  कारण ४८ वर्षीय जोनी युवा अवस्थादेखि नै सुन्दरीहरूको मनमा रहन सफल छन्।

माइकल फासबेन्डर

सूचीको चौथो स्थानमा जर्मन-आइरिस कलाकार माइकल फासबेन्डर छन्। सन् १९७७ अप्रिल २ मा जन्मिएका फासबेन्डरलाई उनका  चलचित्रहरू इन ग्लोरियस बेस्टर्ड (२००९), एक्स-म्यानः फस्र्ट क्लास (२०११) तथा प्रोमिथस (२०१२) ले कामुक पुरुषहरूको सूचीमा  उकासेको हो। गत वर्ष उनी यो सूचीको ३१ औं नम्बरमा थिए।

टेलर लुटनर

मोडलिङ र अभिनयमा नाम कमाएका टेलर डेनियल लुटनर कामुक पुरुषहरूको यो सूचीमा सातौं स्थानमा छन्। गतवर्ष उनी यो सूचीमा  दोस्रो स्थानमा थिए। ११ फेब्रुअरी १९९२ मा जन्मिएका लुटनर यस्तो स्थान प्राप्त गर्ने सबैभन्दा कान्छा सेलिब्रिटी हुन्। मोडलिङ र अभिनयका  अतिरिक्त रेडियो जक्की र भ्वाइस डबिङमा पनि उनको सक्रियता लोभलाग्दो छ। लुटनर पछिल्लो समयमा चलचित्र अब्डक्सनका कारण चर्चामा थिए।

बेनेडिक्ट कम्बरब्याच

सूचीको पाँचौं स्थानमा बेलायतका चलचित्र अभिनेता बेनेडिक्ट टिमोथी कार्लटन कम्बरब्याच छन्। सन् १९७६ जुलाइ १९ मा जन्मेका  कम्बरब्याचले यो स्थानमा दावी गर्नुअघि बीबीसी टेलिभिजन सो सेरलकमा निर्वाह गरेको सेरलक होम्स नामक जासुसको भूमिकाले तहल्का  मच्चाएको थियो। सोही भूमिकाका कारण उनको लोकप्रियता चुलिएको विश्लेषकहरूको ठहर छ।

रोबर्ट डाउनी जुनियर

सूचीको छैटौं स्थानमा अमेरिकी चलचित्र कलाकार रोबर्ट डाउनी जुनियर छन्। केही वर्षअघि यो सूचीमा लगातार स्थान बनाउँदै आएका  डाउनी पछिल्लो केही वर्षदेखि हराएका थिए। यो वर्ष उनले यो सूचीमा पुनः प्रवेश पाएका हुन्। सन् १९६५ अप्रिल ४ मा जन्मिएका डाउनी  अमेरिकामा खानदानी कलाकार मानिन्छन्। उनको सम्पूर्ण परिवार कलाक्षेत्रमै छ।

पाउल वेस्ले

कामुक पुरुषहरूको यो सूचीको आठौं स्थानमा अमेरिकी चलचित्र कलाकार पाउल वेस्ले छन्। सन् १९८२ जुलाई २३ मा जन्मेका वेस्ले मूलतः  पोल्यान्डका नागरिक हुन्। उनले यो सूचीमा प्रवेश पाउनुअघि द भ्याम्पायर डायरिज नामक टेलिभिजन सोमा अभिनय गरेका थिए। उक्त सोको  लोकप्रियताले उनी यो सूचीमा आठौं स्थानमा उक्लिएका हुन्। अघिल्लो वर्ष उनी ५९ औं स्थानमा थिए।

जेम्स एन्ड्रयु म्याक्भोय

सन् १९७९ अप्रिल २१ मा जन्मेका स्टकल्यान्डका रंगमञ्च तथा टेलिभिजन कलाकार जेम्स एन्ड्रयु म्याक्भोय कामुक पुरुषहरूको सूचीको नवौं  स्थानमा छन्। यो सूचीमा स्थान बनाउने म्याक्भोय एक्ला रंगमञ्चीय कलाकार हुन्। उनका स्टेट अफ प्ले, शेमलेस र फ्रेंक हर्बर्टस् चिल्ड्रेन  अफ ड्युनजस्ता नाटकहरू लोकप्रिय मानिन्छन्। गत वर्ष उनी यो सूचीको १४ औं स्थानमा थिए।

हेनरी काभिल

गत वर्ष कामुक पुरुषहरूको यो सूचीमा १५ औं स्थानमा रहेका बेलायती कलाकार हेनरी विलियम डेलग्लिस काभिल यो वर्ष १० औं स्थानमा  उक्लिएका छन्। सन् १९८३ मे ५ मा जन्मिएका काभिलको द काउन्ट अफ मोन्टे क्रिस्टो, स्टारडस्ट, इम्मोर्टल जस्ता चलचित्र प्रसिद्ध छन्।  आगामी वर्ष प्रदर्शनमा आउने चलचित्र सुपरम्यानका लागि उनको विश्वव्यापी प्रतिक्षा भैरहेको छ

म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ

नेपालमा केही हुँदैन, गर्न सकिँदैन भन्नेहरूका लागि पुष्पा बस्नेत एउटा उदाहरण हुन्। सात वर्ष इमान्दार भएर काम गरेपछि उनले राष्ट्रिय- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान मात्र खिचिनन्, लाखौं नेपालीको मत पाएर सीएनएन हिरोसमेत बनिन्। त्यही मतको बलमा अहिले उनीसँग सीएनएनले दिएको नगद अढाई करोड रुपैयाँ मात्र छैन, चर्चित सेलिब्रेटीको भन्दा बढी नाम र इज्जत छ। २८ वर्षको उमेरमै अत्यधिक  ख्याति पाउने युवामा दरिएकी छन्- पुष्पा बस्नेत। २१ वर्षको उमेरमा समाजसेवामा हात हालेकी पुष्पाका धेरै कुरा बाहिर आइसकेका छन्।  साप्ताहिकसँग पुष्पाले यसअघि बाहिर नआएका विषयमा कुरा गरिन्।

यो उमेरमा धेरै युवा आफ्नो भविष्य कहाँ छ भनेर खोजिरहेका छन्, तपाईं भने एकाएक सेलिब्रेटी हुनुभयो, अचम्म होइन ?

एकाएक त होइन है। ८ वर्षदेखि म सबै कुरा बिर्सिएर जेलमा रहेका निर्दोष बालबालिकालाई नयाँ जीवन दिइरहेकी छु। म इमान्दार भएर  पवित्र उद्देश्यमा नलागेका भए यो जस पाउने थिइनँ। देश-विदेशका सञ्चारकर्मीहरूले धेरै विचार गरेर मात्र मलाई सीएनएन हिरोमा सेलेक्ट  गर्नुभएको हो।

आखिर इन्टरनेटका माध्यमबाट भोट त नेपाली जनताले दिएका हुन्, उनीहरूका कारण यो स्थानमा पुगें भन्ने लाग्दैन ?

भोट दिने काम त पछि भएको हो। संसारका लाखौं व्यक्ति समाजसेवामा लागेका छन्, तीमध्ये १० मा पार्ने जुन काम भयो, त्यो नै मेरा लागि  टर्निङ प्वाइन्ट हो। यद्यपि पछि संसारभरिका नेपालीहरूले जुन माया दर्साउनुभयो, त्यसका कारण आज बालबालिकाको भविष्य केही सुरक्षित  भएको हो। सबैले मलाई विश्वास गर्नुभयो।

आज दैनिकजसो तपाईंको फोटो पत्रपत्रिकामा आउन थालेको छ, यस्तो देख्दा म पनि केही हुँ भन्ने भाव आउँदो होला, हैन ?

मलाई त लाग्दैन, आउँदैन पनि होला। किनभने मैले नामका लागि काम गरेकी हुँदै होइन।

तपाईंको उमेर अहिले पनि काँचै छ, मानिसहरूको प्रशंसाले म केही हुँ भन्ने पार्दैन भन्ने कसरी पत्याउने ?

म त्यही केटी हुँ, जसलाई यो समाजले हतोत्साहित गर्थ्यो । धेरै खर्च गरेर पढाउँदा पनि म एसएलसी फेल भएँ, त्यो बेला छोरीलाई पढाउने  पैसाले बिजनेस गरेको भए हुन्थ्यो भन्ने सुझाव पनि बुवालाई दिइएको थियो। जुन शिक्षक हिजो मेरो पढाइबाट दिक्क हुनुहुन्थ्यो, आज उहाँहरू  भन्नुहुन्छ, मलाई त थाहा थियो, पुष्पामा केही दम छ। यसको अर्थ के हो भने मानिसले सफलतालाई प्रशंसा र विफलतालाई गाली गर्छ,  व्यक्तिलाई होइन। हिजो गाली गर्ने समाजले आज प्रशंसा गरिरहेको छ। हेर्दै गर्नुहोला, भोलि अलिकति तलमाथि पर्ने बित्तिकै यही समाजले  मलाई गाली गर्नेछ। यही नै समाजको नियम हो।

धेरै गम्भीर कुरा गर्नुभयो, कसरी थाहा पाउनुभयो ?

यो संसारमा अनुभवभन्दा ठूलो पाठशाला केही छैन। मानिसले विद्यालय-कलेजबाट भन्दा अनुभवबाट बढि सिक्छ। गान्धीजस्ता अहिंसक ने तालाई गोली हान्ने पनि मान्छे नै हो। साई बाबालाई बाँचुन्जेल भगवान मान्नेहरूले मृत्युपछि उहाँले गरेको भविष्यवाणी मिलेन भनेर गाली  गरे। अद्भुत छ मान्छेको जात।

यस्तै कुरा सोचेर एसएलसी फेल हुनुभएको हो ?

त्यो बेला यस्ता कुरा कसरी थाहा पाउनु ? मलाई पढ्नचाहिँ मन लाग्दैनथ्यो। म खेलकुदमा राम्रो  थिएँ। कसैले हेपेर बोल्यो भने रिस उठ्थ्यो।  पढाइमा कमजोर छु भन्ने लागेर सकेसम्म शिक्षकले केही नसोधे हुन्थ्यो भनेर मुन्टो लुकाएर बस्थे। जब सरले केही सोध्नुहुन्थ्यो, साथीहरू  गलल्ल हाँस्थे। यस्तो मान्छे कसरी माथि उठ्न सक्छ ? यद्यपि दोस्रो पल्टमा एसएलसी पास गरेंरै छाडें।

तपाईं केटाहरू कुट्न पनि माहिर हुनुहुन्थ्यो रे, कसरी हिम्मत आउँथ्यो ?

मलाई केटाहरूले हेपेर बोलेको मन पर्दैन। महिलालाई इज्जत नगर्ने मान्छेलाई अहिले पनि म देख्न सक्दिनँ। होस्टेलमा पढ्दा एउटा केटाले  हामीलाई बारम्बार हेप्थ्यो। जुन दिन मैले उसलाई दनक दिएँ, त्यसपछि सपनामा पनि उसले केटी जिस्क्याउने हिम्मत गरेन। आजभोलि  महिलामाथि जुन घटना घटिरहेको छ, त्यो सुन्दा र पढ्दा म छक्क पर्छु। ए बाबा, किन कसैलाई ह्यारेस गर्नु ? मन छ भने यौनकर्मीकहाँ गए  भैहाल्यो नि।

कलेज पढ्दा हाजिर नपुगेको भनेर रेस्टिकेट हुनुभएको थियो रे, कलेज छाडेर कहाँ जानुहुन्थ्यो ?

धेरै विद्यार्थी कलेज बंक गरेर डिस्को, सिनेमा र डेडिङमा जान्छन्। हामी तीन जना साथी भने बजारमा घुम्थ्यौं वा घर र्फकन्थ्यौं। मैले कहिल्यै  गलत बाटो हिँड्ने प्रयास गरिनँ। एक पटक डिस्को नगएकी होइन, तर म त्यहाँ रमाउन सकिनँ। त्यो बेलासम्म जीवनको उद्देश्य थिएन, पढाइ  छल्न मात्र कलेज बंक गर्थे।

जुन बेला कलेजबाट रेस्टिकेट हुनुभयो, त्यो बेलाको कुरा सम्झनुहुन्छ ?

म जोसँग मिलेर कलेज बंक गर्थे उनीहरू रेस्टिकेट भएनन्। किनभने उनीहरू पढाइमा राम्रा थिए। पास हुने सम्भावना भएकाले उनीहरूलाई  कलेज प्रशासनले सहयोग गर्‍यो। म मात्र रेस्टिकेट भएँ। जव म माथि मात्र किन पक्षपात भयो भनेर कम्प्लेन गर्न प्रिन्सिपलकहाँ गएँ, उहाँले  मेरो कुरै नसुनी गाली गर्दै कोठाबाट निकाल्नुभयो। सबैका अघि भएको त्यो अपमान मैले पचाउन सकिन, रुँदै कोठाबाट निस्किएँ। त्यो दृश्य  अहिले पनि मेरो आँखामा नाचिरहन्छ।

फेरि अर्को वर्ष त्यही कलेज पढ्नु भयो, सामान्यतः यस्ता विद्यार्थीले कलेज परिवर्तन गर्छन्, होइन र ?

मलाई आमा-बुवाले हौसला दिनुभयो। तिमी आफूलाई साँच्चै निर्दोष मान्छौ भने त्यही कलेजबाट ब्याचलर गर भनेर हिम्मत दिनुभयो। म धेरै  कुरामा कमजोर छु, तर हिम्मत हार्ने व्यक्तिमा पर्दिन। त्यसैले म आफूभन्दा जुनियर विद्यार्थीसँग पढ्न थाले।

सबैतिरबाट असफल व्यक्ति आज अचानक जुन स्थानमा हुनुहुन्छ, त्यसको कारक तत्व केलाई मान्नुहुन्छ ?

जेलमा परेकी एउटी बच्ची नै मलाई परिवर्तन गर्ने माध्यम बनिन्। कुरा के पर्‍यो भने म सोसल वर्ककी विद्यार्थी थिएँ। कलेजबाट फिल्डवर्क  गर्न पठाइन्थ्यो। म फिल्डवर्ककै सिलसिलामा जेल हेर्न पुगेकी थिएँ। त्यहाँ श्रीमान्को हत्या गरेर जेल परेकी आमासँगै एउटी बच्ची देखें।  उसलाई बोकेकी मात्र के थिएँ, त्यहाँ कसैले यसकी आमा मानसिक रुपमा रौद्र छे, छोरी बोकेको देखेर मार्ली भनेर तर्साए। मैले हतार-हतार  बच्चीलाई भुइँमा राखिदिएँ, तर ऊ मेरो कुर्ताको फेर समाएर रुन थाली। मानौं भनिरहेकी छे, 'पुष्पा, मलाई यो जेलबाट उद्धार  गर।' उक्त  घटना घटेको केही दिनमै म कलेजबाट रेस्टिकेट भएँ। मलाई मेरो चोट र त्यो बालिकाको चोट एउटै लाग्यो। लाग्यो हामी दुबै निर्दोष छौ तर  परिस्थितिले जेलमा पुर्‍याएको छ। ऊ साँच्चैको जेलमा छे, म परिस्थितिको जेलमा छु। बस्, मैले संस्था खोलें र काम सुरु गरें।

ती दुई घटना नघटेको भए आज तपाईं यो स्थानमा पुग्नुहुने थिएन होइन ?

मैले अप्ठयारोमा परेका धेरै सडक वालवालिका देखेकी थिएँ। नेपालका धेरै-धेरै गम्भीर समस्या सुनेकी  थिएँ। ती सबैले मलाई परिवर्तन गर्न  सकेनन्। जुन चोट मनमा पर्‍यो, त्यो बुद्ध भगवानले रोगी, वृद्ध र मरेको मान्छे देखर घर छाड्न विवश भएजस्तै अनौठो संयोग बनेर आयो।  सायद मलाई यही हुनु थियो र यी घटना घटे। केही वर्षअघिसम्म म सोच्थे, प्रिन्सिपललाई भेट्न पाए, एकपल्ट मुख छाडेर गाली गर्छु। आज  ममा उहाँप्रति ठूलो श्रद्धा छ। उहाँ विदेशमा हुनुहुन्छ, कुनै दिन भेटेर हृदयदेखि नै धन्यवाद दिन पाए हुन्थ्यो भन्ने लागेको छ।

आज ४६ सन्तानकी आमा हुनुभएको छ, वालवालिकाको महत्व पनि थाहा भयो। तर श्रीमान् वा प्रेमीको माया पाउन सक्नुभएको छैन। रहर  लागेको छैन ?

कुनै बेला रहर पनि थियो होला। अहिले ती रहर यी बच्चाको मुस्कानका अघि फिक्का देख्छु। मेरा धेरै साथीले विवाह गरेका छन्। म उनीहरू को जीवन नियाल्छु र आफूलाई उनीहरूभन्दा निकै सुखी पाउँछु। मेरा साथीहरू धेरै भए, तर कोही प्रेमी भएनन्। ममा कुनै केटालाई प्रेमी  बनाउने रहर पनि छैन। सायद अब म प्रेम र विवाहको झन्झटमा पर्दिन। यी बच्चाको भविष्य, यिनीहरूको स्याहार र यिनीहरूको मुस्कान नै  मेरो संसार हो।

मानिसको जात कस्तो छ भने ऊ सधैं सन्तुष्ट हुन सक्दैन। ऊ आफूलाई माया गर्ने व्यक्ति होस् भन्ने चाहन्छ, होइन र ?

मेरा बुवा-आमा हुनुहुन्छ नि। जब म दुःखी हुन्छु, मेरी आमासँग गएर एक छिन् बस्छु। उहाँका बुढयौली हुँदै गएका हात सुम्सुम्याउँछु र  जीवनको नयाँ मार्गदर्शन गर्छु। आमाको जस्तो स्वच्छ माया कुनै केटाले गर्न सक्दैन भन्ने कुरा मैले बुझ्न थालिसककेकी छु। यति बुझिसके पछि कसैले विवाह गर्ने भूल गर्छ भने त्यो मानिसलाई विचराबाहेक केही भन्न सकिदैन।

सधैंभरि आमा-बुवा रहदैनन् भन्ने कुरा पनि उत्तिकै सत्य हो नि, होइन र ?

जब म आमा बिनाको संसारको कल्पना गर्छु, मलाई गाह्रो हुन्छ। यो विटर ट्रुथ (तीतो सत्य) हो, तपाईंले सम्झाइदिनु भयो...। (लामो समय  भावुक भएपछि ) ...सम्भवतः त्यसपछि मलाई माया गर्ने मेरा छोराछोरी हुन्छन्।

स्कुल कलेजमा प्रेमी वा प्रेमिका नहुनु आजका युवाहरूका लागि दुःखको विषय हो, तपाईंका प्रेमी भएनन्, आखिर किन ?

हरेक युवक राम्रो मन भन्दा पनि वाहिर राम्री देखिने युवतीको खोजी गर्छन्। आफ्नी प्रेमीका चिटिक्क परेर भेट्न आओस् भन्ने चाहन्छन्। म  देखिहाल्नु भयो, अलि मोटी छु। म अरुका लागि राम्रो बन्नुपर्छ भन्ने कुराको विरोध गर्छु। प्रेमी पाउन वा राम्री देखिन मेरो मनले मानेन। मेरो  बुबाले काम गर्ने कम्पनीका लुगा मात्र लगाएको देखेर कत्तिले म गरिबकी छोरी हुँ भनेको मैले थाहा पाएँ। उनीहरूलाई म गरीवकी छोरी हो इन भन्ने देखाउन पनि मन लागेन। सायद, यिनै कारण हुनुपर्छ।

भविष्यको कल्पना कसरी गर्नुहुन्छ ?

यी बालबालिकाहरूलाई सक्षम बनाउने, चाहे भने यिनीहरूकै नेतृत्वमा पुतली घरको ब्रान्च खोल्दै जाने, यसको आफ्नै वासस्थान बनाउने र  मैले बोकेको जिम्मेवारी यिनीहरूलाई नै सुम्पने कल्पना गर्छु।

Oh, Tempora...O Mores.


अपराधीको नाम ठेगाना यै हो !... पर्धानमन्त्रीज्यूलाई था’ नदिई खुसुक्क कार्वाही गर्न मिल्ला हजुर ?
Hang on! Let the President get off first... He may announce another extension.

Wednesday, January 9, 2013

BInita Baral





सुटिङ सकिएर पोस्टप्रोडक्सनमा पुगिसक्दा पनि नायिका बिनिता बरालले आफू अभिनित पछिल्लो फिल्मको नाम खुलाउन चाहिनन् । 'टाईटल देखि पोस्टर, प्रोमो र कलाकारहरू एक साता पछि एस्क्लुसिभ रूपमा रिलिज गर्ने योजना बनाएका छौं', बिनिताले प्रस्ट्याईन् ।

एक साता अगाडी १६ दिनमा सुटिङ प्याकअप गरेको जानकारी दिँदै बिनिताले फिल्मको नाम खोल्न नचाहेको बिषयमा फिल्मीखबरलाई प्रस्ट्याउँदै भनिन्, 'सबैलाई उत्सुकता होस् भनेर अहिले नाम नखुलाईएको हो ।' चैत्र महिनाको पहिलो साता तिर रिलिज गर्ने योजना बनाईएको यो फिल्मलाई निरञ्जन पाण्डे र सौरभ ढकालले संयुक्त रूपमा निर्देशन गरेका हुन् । मुभी इन्फिनिटीले निर्माण गरेको यो फिल्मलाई निर्देशक पाण्डेले नै सम्पादन गरिरहेका छन् ।


बिनिताको साथमा निर्देशकद्धयले नै बुनेको कथामा बिनिता मुख्य भुमिकामा छिन् । उनले आफू बाहेक अन्य कलाकार नयाँ रहेको र उनीहरूको इन्ट्रोडक्सन फस्टलुक रिलिज समारोहमा गरिने बताईन् । चित्लाङ, चिसापानी र काठमाण्डौ वरपर नै सुटिङ गरिएको यो फिल्ममा सुरेश राईको संगीत रहेको छ भने रूपन पौडेल र निरज कंडेलले फिल्मलाई खिचेका हुन् । दुई वटा गीत समावेश गरिएको सो फिल्मको एउटा गीत संगीतकार राईले लेखेको र अर्को एउटा बिनिता आफैले लेखेको बताईन् ।

बिनिताले खोल्न मानिनन्


सुटिङ सकिएर पोस्टप्रोडक्सनमा पुगिसक्दा पनि नायिका बिनिता बरालले आफू अभिनित पछिल्लो फिल्मको नाम खुलाउन चाहिनन् । 'टाईटल देखि पोस्टर, प्रोमो र कलाकारहरू एक साता पछि एस्क्लुसिभ रूपमा रिलिज गर्ने योजना बनाएका छौं', बिनिताले प्रस्ट्याईन् ।

एक साता अगाडी १६ दिनमा सुटिङ प्याकअप गरेको जानकारी दिँदै बिनिताले फिल्मको नाम खोल्न नचाहेको बिषयमा फिल्मीखबरलाई प्रस्ट्याउँदै भनिन्, 'सबैलाई उत्सुकता होस् भनेर अहिले नाम नखुलाईएको हो ।' चैत्र महिनाको पहिलो साता तिर रिलिज गर्ने योजना बनाईएको यो फिल्मलाई निरञ्जन पाण्डे र सौरभ ढकालले संयुक्त रूपमा निर्देशन गरेका हुन् । मुभी इन्फिनिटीले निर्माण गरेको यो फिल्मलाई निर्देशक पाण्डेले नै सम्पादन गरिरहेका छन् ।


बिनिताको साथमा निर्देशकद्धयले नै बुनेको कथामा बिनिता मुख्य भुमिकामा छिन् । उनले आफू बाहेक अन्य कलाकार नयाँ रहेको र उनीहरूको इन्ट्रोडक्सन फस्टलुक रिलिज समारोहमा गरिने बताईन् । चित्लाङ, चिसापानी र काठमाण्डौ वरपर नै सुटिङ गरिएको यो फिल्ममा सुरेश राईको संगीत रहेको छ भने रूपन पौडेल र निरज कंडेलले फिल्मलाई खिचेका हुन् । दुई वटा गीत समावेश गरिएको सो फिल्मको एउटा गीत संगीतकार राईले लेखेको र अर्को एउटा बिनिता आफैले लेखेको बताईन् ।

थाईल्याण्डमा फिल्मकर्मी सम्मानित हुँदै

थाई नेपाली समाजको अधिवेशनको अवसर पारेर नेपाली फिल्मकर्मीलाई थाईल्याण्डमा सम्मान गरिने भएको छ । आगामी जनवरी १२ तारिखका दिन थाईल्याण्ड एनआएरएनले महानायक राजेश हमाल, हाँस्यकलाकारद्धय दिपकराज गिरी र दीपाश्री निरौलाको साथमा निर्माताद्धय मञ्जिल श्रेष्ठ र कविता श्रेष्ठलाई सम्मान गर्न लागेको हो ।

समानित हुन लागेका फिल्मकर्मीहरू भोली शुक्रबार थाईल्याण्ड प्रस्थान गर्दैछन् । उनीहरू सोही स्थानमा १३ तारिखका हुने साँस्कृतिक कार्यक्रममा पनि सहभागी हुने बताईएको छ । यस्तै जनवरी १५ तारिखका दिन थाईल्याण्डमा नै फिल्म वरदानको च्यारिटी हुँदैछ । उक्त च्यारिटीमा निर्माताद्धय मञ्जिल र कविताको साथमा राजेश हमाल पनि उपस्थित हुने बताईएको छ ।

फिल्मीखबरसँग कुरा गर्दै निर्माता मञ्जिल श्रेष्ठले भने, 'युकेमा रिलिज भएसँगै बिदेशका थुप्रै स्थानबाट फिल्म प्रदर्शनका लागि प्रस्ताव आएको छ ।' उनले माघ महिनामा बिश्वका करिब एक दर्जन मुलुकमा एकसाथ वरदान रिलिज गर्ने तयारी गरेको समेत जानकारी गराए । फाल्गुन २५ गतेका लागि नेपाल रिलिज मिती तय गरिएको फिल्म 'वरदान'मा राजेश हमाल, करिष्मा मानन्धर, मुकेश ढकाल र रेजिना उप्रेतीको मुख्य भुमिका रहेको छ ।

Lionel Andres Messi was born June 24th 1987, to Jorge Messi and Maria Cuccittini in Rosario, Argentina
Messi's net worth was estimated at $110 million by Forbes

Messi is the Greatest


Simply the best: Messi enjoyed another sensational year in 2011.Lionel Messi has been crowned the world's best player for a third successive year after beating off competition from Barcelona team-mate Xavi and Real Madrid's Cristiano Ronaldo to win the FIFA Ballon d'Or.
"It's a great personal pleasure for me," said Messi. "It's the third time I've won it. It's just an amazing honour. I want to thank everyone that's been involved with me -- my team-mates, trainers, physios, the coach (Pep Guardiola) and everyone at Barcelona. I'd also like to thank the Argentina national team as well."
Messi becomes only the second player, after current UEFA president Michel Platini, to win the award for three consecutive years. He also joins Platini, Johan Cruyff and Marco van Basten as the only men to have won the prize on three occasions.
"I want to share this honour with my team-mate, Xavi," added Messi, who then addressed his club-mate in the audience at the FIFA Ballon d'Or Gala in Switzerland. "He deserves it, too. I want to share it with you, because you deserve it as much as me. It's a pleasure to be here alongside him and to play with him."
The accolade caps off another memorable year for the pint-sized Argentine who was named man-of-the-match in both the Champions League and World Clup Cup finals last year after scoring in each.
He also played an integral role in Barca's successful defence of the Primera Division - their third straight league title in a row - the Spanish Supercopa and UEFA Super Cup.
Messi, 24, continued his incredible goalscoring rate over the 12 months, netting a staggering 57 goals in 65 games in the calendar year while also helping himself to now fewer than 35 assists for club and country.
Manchester United manager Sir Alex Ferguson and Xavi both paid tribute to the Argentine, who, despite his tender age and failure to win the World Cup yet, has been hailed by many as the greatest player of all time.
While Ferguson refused to go that far he said Messi could now be judged alongside the greats of world football through the ages. "Critics have always questioned whether players like Pele from the 50s could play today," said Ferguson. "The answer to that is great players would play in any generation. Lionel Messi could play in the 1950s and the present day, as could Di Stefano, Pele, Maradona, Cruyff because they are all great players. "Lionel Messi without question fits into that category."
Messi's Barca team-mate Xavi supported Ferguson's view, saying: "He's still young, only 24, and I think he's going to break all the records that exist in this sport. He's going to be one of the best footballers in the history of the sport."
Unsurprisingly, Pep Guardiola was named Coach of the Year after winning five of the six competitions on offer for his side in 2011, with only the Copa Del Rey escaping his grasp after defeat to arch rivals Real Madrid - his first loss in a major final since taking over at Barca.
Meanwhile, Barca boasted five players in the world team of the year, while Madrid had four and Manchester United two with the inclusion of Wayne Rooney and Nemanja Vidic. 
The FIFPro World XI was: Iker Casillas (Real Madrid), Dani Alves (Barcelona), Gerard Pique (Barcelona), Sergio Ramos (Real Madrid), Nemanja Vidic (Man Utd), Andres Iniesta (Barcelona), Xabi Alonso (Real Madrid), Xavi (Barcelona), Lionel Messi (Barcelona), Cristiano Ronaldo (Real Madrid), Wayne Rooney (Man Utd). 
Other winners on the night: Japan's women's World Cup-winning captain Homare Sawa was named the women's player of the year; Japan's (male) manager Norio Sasaki coach of the year for women's football; the Japanese FA were awarded the FIFA fair play award; Brazilian 19-year-old sensation Neymar won the FIFA Puskas award for the best goal of 2011.

Thursday, January 3, 2013

गजब छ बा ...


सर्कारले हेर्दिनुपर्‍यो रे ?...
अस्तिदेखि हेरि त रँनु भ’छ नि !
... ट्वाल्ल परेर...